नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट थप २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले गत असोज २ गते ३० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो। अहिले पुनः ३२ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो। यसको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याज कात्तिक ९ गते भुक्तानी गरिनेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। इच्छुक संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










