श्रम तथा रोजगार कार्यालयले आई गार्ड सेक्युरिटी सर्भिस प्रालि र इनोभेटिभ हस्पिटालिटी प्रालिको श्रम इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।

इजाजतपत्र खारेजका लागि निवेदन दिएका यी कम्पनीसँग कसैको ऋण, श्रमिकको पारिश्रमिक वा अन्य कुनै दायित्व तथा बक्यौता बाँकी भए प्रमाणसहित ३५ दिनभित्र कार्यालयमा हकदाबी गर्न कार्यालयले आग्रह गरेको छ। आई गार्ड सेक्युरिटीको इजाजतपत्र नम्बर (३क) १२५/०८१/८२ रहेको छ। कम्पनीले सुरक्षा तथा सहजकारी सेवा प्रदान गर्दै आएको थियो। त्यस्तै, इनोभेटिभ हस्पिटालिटीको इजाजतपत्र नम्बर (३क) ७३/०७५/७६ रहेको छ भने कम्पनीले सहजकारी तथा व्यावसायिक सहयोग सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ।

तोकिएको ३५ दिनभित्र प्रमाणसहित हकदाबी पेश नगरेमा प्रचलित कानुनी प्रक्रियाअनुसार दुवै कम्पनीको श्रम इजाजतपत्र खारेज गरिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया