सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरको रकम १२ करोड ४२ लाख १ हजार १५० रुपैयाँ बराबर हुनेछ। त्यस्तै, कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ। सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गरिएको र स्वीकृति प्राप्त भएपछि लाभांश वितरण प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया