नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री रोक्न माग गरेको छ। महासंघले नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै डिलरमार्फत मात्रै ग्यास बिक्री वितरण गर्नुपर्ने माग गरेको हो।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु ग्यास अभावको प्रमुख कारण रहेको बताएका छन्। विभिन्न उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। साथै, बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्न र १४.२ किलोका सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले माग गरेको छ।

तपाईको प्रतिक्रिया