सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको कार्यालयमा सम्पन्न सभाले वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण पनि स्वीकृत गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नुका साथै नियमावलीअनुसार भएको सञ्चालक नियुक्तिलाई समेत अनुमोदन गरेको कम्पनीले जनाएको छ। सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, प्रत्याभूति, सेयर रजिस्ट्रार र डिम्याटसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

Online Arthik










