काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईं पक्राउ परेका थिए। अदालतको आदेशपछि उनी धरौटी बुझाएर रिहा हुने भएका छन्।

तपाईको प्रतिक्रिया