नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत बिहान १०ः२६ बजे तोकेको छ। विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते मंगलबार परेको छ।
यस वर्ष घटस्थापना असोज २५ गते बिहान ११ः४७ बजे, फूलपाती असोज ३१ गते बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते परेको समितिले जनाएको छ।
विजया दशमीका दिन पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ।

Online Arthik










