सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको (Sunrise Focused Equity Fund) बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि मिति २०७९/१०\१० देखि मिति २०७९\१०\२४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीजपूँजी सहित) २९,९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम आज मिति २०७९ माघ २७ गतेका दिन बाँडफाँड गरी सन्राइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार रु.१,००,००,००,०००÷— (अक्षेरुपी एक अर्ब) कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।
यस कोषमा लगानी गर्ने संघ संस्थालगायत सर्वसाधारण लगानीकर्ताहरुका साथै नियामक निकायहरु सबैंमा धन्यवाद ज्ञापन गर्दछौं ।
बांडफांड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट www. sunrisecapital.com.np तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालितwww. meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।

Online Arthik










