राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी गराएको हो।
लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ। ‘हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन’, राष्ट्र बैंकले भने।
लघुवित्त वित्तीय संस्थाले १५५ भन्दा बढी ब्याजदर लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नेछन्।
सहकारी, लघुवित्त र फाइनान्स फरक(फरक संस्था हुन्। यी संस्थाले दिने सेवा र ब्याजदर फरक(फरक रहेको राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










