सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
यो कम्पनीको संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजनाको निर्माणधीन रहेको छ। यो आयोजनाको निमार्णकार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ।
आरबीबी मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो।

Online Arthik










