सार्वजनिक बिदा दिन सार्वजनिक संघ–संस्था तथा निजी कार्यालयहरु पनि बन्द रहने भएकोले नेप्से पनि आज खुल्ने छैन। यही कारण आज सेयर कारोबार पनि हुने छैन। आज श्रीकृष्ण जन्माष्टमी देशभर भगवान श्रीकृष्णको पूजाआज गरी मनाइँदैछ।
सेयर बजार हिजो मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ को विन्दुमा बन्द भएको थियो। अब भोलि बिहीबार सोही विन्दुबाट सेयर बजार खुल्नेछ।

Online Arthik










