महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ।
कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन १३ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण९कर्मचारी समेत० लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई सोहि वर्षको फागुन १४ गते बाँडफाँड गरिएको थियो ।
कम्पनीको संस्थापकको स्वामित्वमा रहेको ६ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार कित्ताको लक–इन अवधि फागुन १३ मा समाप्त हुन लागेको हो । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

Online Arthik










