सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को छ महिनामा एक खर्ब ८१ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको हो ।
त्यसैगरी पुस मसान्तसम्म सरकारले विकास ऋणपत्रमार्फत एक खर्ब १९ अर्ब रुपैयाँ ६० अर्बको ट्रेजरी बिल्स, दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट उक्त रकम बराबरको ऋण उठाएको हो । जसको औसत ब्याजदर ४.५० प्रतिशत रहेको छ ।
सार्वजनिक ऋण व्यस्थापन कार्यालय मार्फत सरकारले विकास ऋणपत्र मार्फत १२ पटक गरी ३ वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्तरिक ऋण उठाएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो ।
सरकारले चालु आवमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । असोज मसान्तसम्ममा सरकारले एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाएकोमा दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड उठाएको छ ।
त्यस्तै तेस्रोमा त्रैमासमा ७३ अर्ब र चौथो त्रैमासमा ७५ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने सरकारको योजना छ ।

Online Arthik










