सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  बैठकले कम्पनीका सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित(प्रदान गर्ने निर्णय गरेको छ ।  प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया