नेपाल टेलिकम (एनटीसी) को गत आवको चौथो त्रैमाससम्मको आम्दानीमा ८.०३ प्रतिशत गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिसम्म ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको सोही अवधिमा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो।
आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि ५७.२१ प्रतिशतले घट्दै २ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा सोही अवधिसम्म कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको रिजर्भ ७१ अर्ब १५ करोड रुपैयाँमा सीमित छ, जुन अघिल्लो वर्षको तुलनामा ५.४६ प्रतिशत कम हो। समीक्षा अवधिसम्म कम्पनीको ईपीएस ३४.६४ रुपैयाँबाट घटेर १४.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४९५.३३ रुपैयाँ, कुल सम्पत्ति मूल्य ६७१.०६ रुपैयाँ, तरलता अनुपात २.४० प्रतिशत र पीई अनुपात ५९.१८ गुणा रहेको छ।

Online Arthik










