नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी–युनियन पे कार्डबाट अब नेपालका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने सुविधा सुरु गरेको छ।
यस सुविधामार्फत इसेवा, खल्ती, हाम्रो पे लगायतका मोबाइल वालेटमा ग्राहकहरूले सिधै कार्डमार्फत वालेट लोड गर्न सक्नेछन्। नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (EPG) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनमार्फत यो सेवा उपलब्ध हुनेछ।
यस सुविधाले ग्राहकहरूलाई डिजिटल वालेट भुक्तानी, ई–कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद लगायतका कार्य अझ सरल र सहज हुने अपेक्षा गरिएको छ।
हाल SCT ले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियन पे कार्ड जारी गर्दै आएको छ। इच्छुक ग्राहकहरूले सदस्य बैंक तथा वित्तीय संस्थाबाट सहजै यो कार्ड प्राप्त गर्न सक्नेछन्।

Online Arthik










