दक्षिण कोरियाको केन्द्रीय बैंकले अमेरिकी उच्च शुल्क नीतिका कारण व्यापार सम्झौता भए पनि देशको अर्थतन्त्रमा ठूलो धक्का पर्न सक्ने चेतावनी दिएको छ। बैंकले जारी गरेको रिपोर्टअनुसार अमेरिकाले कोरियाली निर्यातमा लगाएको औसत शुल्क दर शून्य प्रतिशतबाट बढेर करिब १५ प्रतिशत पुगेकाले यसले कोरियाको आर्थिक वृद्धिदर यस वर्ष ०.४५ प्रतिशत अंक र आगामी वर्ष ०.६ प्रतिशत अंकले घटाउने अनुमान गरिएको छ।

गत जुलाईमा सम्पन्न व्यापार सम्झौताअनुसार अमेरिकाले कोरियाली वस्तुमा १५ प्रतिशत शुल्क लगाउने सहमति भएको थियो, जुन पहिले धम्की दिइएको २५ प्रतिशतभन्दा कम भए पनि अघिल्लो १० प्रतिशतभन्दा उच्च हो। बैंक अफ कोरियाका अनुसार यस्तो शुल्क नीतिले कोरियालाई जापान र युरोपेली संघलगायतका निर्यातकर्ताभन्दा बढी दरमा प्रभावित पारेको छ

तपाईको प्रतिक्रिया