जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानस्वरूप आज देशभर राष्ट्रिय शोक मनाइँदैछ। सो अवसरमा सरकारले आजलाई सार्वजनिक बिदा दिएको छ।

यस क्रममा शैक्षिक संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन्।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने व्यवस्था गरेको थियो।

तपाईको प्रतिक्रिया