एनआईसी एशिया बैंकका ग्राहक महानुभावका लागि नयाँ सुविधासहितको छुट प्याकेज सार्वजनिक गरिएको छ। बैंक र नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टबीच विशेष सहकार्य समझदारी सम्पन्न भएको हो।

यस सम्झौता अनुसार, अब बैंकका ग्राहकहरूले बर्दघाट, नवलपरासीमा अवस्थित उक्त रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले छुट सुविधा लिन एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकहरूलाई सीधा आर्थिक लाभ मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नेछ। यसले मुलुकलाई नगदरहित कारोबारतर्फ लैजान मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

एनआईसी एशिया बैंकले विगतदेखि नै डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात गर्दै आएको छ। मोबैंक एपमार्फत बिल भुक्तानी, फन्ड ट्रान्सफर, क्यूआर स्क्यान पेमेंटलगायत विविध सेवा उपलब्ध गराउँदै आएको बैंकले यस्ता छुट योजना मार्फत ग्राहकमैत्री वातावरण थप मजबुत हुने बताएको छ।

रिसोर्ट व्यवस्थापनले पनि यस सहकार्यलाई स्वागत गर्दै ग्राहकहरूलाई उच्चस्तरीय सेवा, मनोरञ्जन तथा आतिथ्य अनुभव दिने प्रतिबद्धता व्यक्त गरेको छ। उनीहरूले एनआईसी एशिया बैंकमार्फत आउने ग्राहकहरूलाई विशेष प्राथमिकतासहित सेवा प्रवाह गर्ने बताएका छन्।

यसरी बैंक र रिसोर्टबीचको सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ दिलाउने मात्र नभई, पर्यटन क्षेत्रको प्रवद्र्धन र डिजिटल अर्थतन्त्र विस्तारमा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया