दशैं, तिहार र छठको अवसरमा भाटभटेनीले ग्राहकका लागि विशेष अफर ल्याएको छ। भाटभटेनीबाट कम्तीमा २५ सय रुपैयाँबराबरको सामान खरिद गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी’ जित्ने मौका पाउनेछन्।
सिप्रदी ट्रेडिङसँगको सहकार्यमा ल्याइएको यो अफरमा सहभागी ग्राहकको नाम बिलको आधारमा दर्ता हुनेछ र लक्की ड्रमार्फत विजेता छनोट गरिनेछ। अफर पुष १६ गतेसम्म देशभरका सबै भाटभटेनी शाखामा लागू हुनेछ।
यस्तै, नेपाल पे मार्फत क्यूआर गरी भुक्तानी गर्ने ग्राहकलाई थप अवसर दिइएको छ। यसअन्तर्गत एक जनाले टाटा पन्च ईभी र १६ जनाले टीभीएस स्कुटर जित्ने मौका पाउनेछन्।

Online Arthik










