प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताप्रति इराकी नागरिकहरूले पनि समर्थन जनाएका छन्।
इराकको राजधानी बगदादमा सयौं नागरिक सहभागी भई युद्धविरामको समर्थनमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको पक्षमा उभिन र तत्काल खाना तथा औषधि सहयोग पुर्‍याउन आग्रह गरेका छन्।

इजिप्ट, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा तीन दिनको वार्तापछि बिहीवार युद्धविराम सम्झौता भएको हो। इजरायली सेनाले शुक्रवारदेखि युद्धविराम लागू भएको घोषणा गरेको छ।

युद्ध रोकिएसँगै प्यालेस्टिनीहरू घर फर्किन थालेका छन् भने भग्नावशेष हटाउँदै शव खोज्ने काम सुरु भएको बीबीसीले जनाएको छ।

तपाईको प्रतिक्रिया