नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले साधारण सेयर (IPO) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले साधारण सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन सेबोनको पाइपलाइनमा समावेश भएको छ ।
कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी गरिनेछ ।साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ भने कर्पोरेट एडभाइजरीसम्बन्धी कार्य ज्योति क्यापिटल लिमिटेडले गर्दै आइरहेको छ ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्काशनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

Online Arthik










