सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षमा पनि सेयरधनीहरुलाई लाभांश वितरण नगरेको उल्लेख गर्दै यसपटक पनि मुनाफा वितरण नगर्ने निर्णय गरिएको जनाएको छ ।

Online Arthik










