नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। बुधबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँमा कारोबारमा आएको थियो।

अन्तरराष्ट्रिय बजारका अनुसार एक औंस सुन ५,०७८ अमेरिकी डलरमा र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो प्रवृत्तिले नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा प्रभाव परेको विश्लेषकहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया