होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता सेयर निष्कासन गर्दैछ।

कुल निष्कासित सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीका लागि छुट्याएर बिक्री गरिसकिएको छ। दोस्रो चरणअन्तर्गत बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया