रिज लाइन इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाण्डौस्थित होटल मार्कोपोलोमा आज बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका थिए। तीमध्ये २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको क्यापिटलले जनाएको छ। सदर आवेदकमध्ये गोलाप्रथा विधिबाट १ लाख १८ हजार २६ जनालाई जनही १० कित्ताका दरले कुल ११ लाख ८० हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको छ। मागभन्दा धेरै आवेदन परेकाले बाँकी आवेदकको हात भने खाली भएको छ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया