स्नो रिभर्स लिमिटेड ले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता सेयर छुट्याइएको छ।आयोजना प्रभाविततर्फ, ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्रका बासिन्दाका लागि सोही संख्यामा सेयर छुट्याइएको छ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत भएमा आवेदन दिन सक्नेछन्।आवेदन गर्दा आयोजना प्रभावितले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।आयोजना प्रभाविततर्फको आईपीओ चाँडोमा चैत २३ गते बन्द हुनेछ र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीतर्फको आईपीओ भने चाँडोमा चैत १२ गते बन्द हुने र आवश्यक परे चैत २३ गतेसम्म लम्बिनेछ।आवेदनका लागि स्थानीयहरूले काठमाडौं नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, आयोजनास्थल याम्फुदिन तथा विभिन्न बैंक शाखाहरूबाट फाराम भरी बुझाउन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया