नेपाल टेलिकम ले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष “नयाँ वर्ष अफर २०८३” सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत “न्यु इयर लाइट” र “न्यु इयर प्रिमियम” गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध हुनेछन्। न्यु इयर लाइट प्याकेज रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा प्रदान गरिनेछ, र उक्त सीमा पूरा भएपछि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। त्यस्तै, न्यु इयर प्रिमियम प्याकेज रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ, र सीमा नाघेपछि ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा चलाउन सकिनेछ। दुवै प्याकेजको मान्य अवधि ३० दिन रहनेछ र यी अफरहरू २०८२ चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिने व्यवस्था गरिएको छ। पोस्टपेड प्रयोगकर्ताहरूका लागि प्याकेज शुल्क मासिक रेन्टलमै समावेश गरिनेछ। ग्राहकहरूले यो अफर प्राप्त गर्न मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकम एपमार्फत सजिलै प्याकेज खरिद गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया