कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले तेस्रो त्रैमासमा ४ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३१४.३१ प्रतिशतले बढी हो ।
कम्पनीको आम्दानी पनि उल्लेख्य बढेको छ । यो अवधिका कम्पनीको आम्दानी पनि ८५.३६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ६ करोड ३३ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानीमा समेत उछाल आएको छ । कम्पनीले ३ करोड ५८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ लाख ३५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा २९ लाख ५५ हजार रहेको कम्पनीको वित्त खर्च बढेर ४० लाख ९६ हजार पुगेको छ । यो अवधिमा कम्पनीको रिजर्भ पनि बढेर ५ करोड बढी पुगेको छ । अघिल्लो आव कम्पनीको रिजर्भ ४ करोड ३० लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.९४, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.२७, मूल्य आम्दानी अनुपात ८२.८८ गुणा र तरलता अनुपात १.४१ प्रतिशत कायम भएको छ ।

Online Arthik










