नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्दै २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको थियो। यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Online Arthik










