कालंगा हाईड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयर जारी गरेको हो। यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड गरिसकिएको थियो।
अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्योर’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयमार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik










