लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्मा सहभागीनेपाल कम्युनिष्ट पार्टी (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल ले बुधबार आफूहरूसहितका मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यस समक्ष राजीनामा बुझाएको जानकारी दिए। लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेकामा चार जनाले पद त्यागेका हुन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती तथा स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्। एमाले मन्त्रीहरूको सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।

Online Arthik










