राहदानी विभागले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा स्तरोन्नति गर्ने क्रममा दुई दिन राहदानीसम्बन्धी सेवा अवरुद्ध हुने भए पनि तयार भइसकेका राहदानीको वितरण भने निरन्तर जारी रहने जनाएको छ। विभागका अनुसार सेवाग्राहीको राहदानी वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले वितरण सेवा सञ्चालनमा राखिनेछ।

विभागले आफ्नो मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीलाई विभागमा सम्पर्क गरी राहदानी बुझ्न अनुरोध गरेको छ। विभागमा तयार रहेका सबै राहदानी निर्धारित समयमै वितरण गरिने पनि जनाएको छ।

राहदानी विभागले असार २९ गते (१३ जुलाई २०२६) देखि हालको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ। यसका कारण असार २५ र २६ गते दुई दिन राहदानीसम्बन्धी अन्य सबै सेवा बन्द रहनेछन्। यद्यपि, यस अवधिमा पनि तयार भइसकेका राहदानीको वितरण सेवा भने नियमित रूपमा सञ्चालन हुने विभागले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया