पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबारदेखि मर्जरपश्चात् ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुवै संस्था १ः१ सेयर स्वाप अनुपातमा गाभिएका हुन्।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ। नयाँ संस्थाको सात सदस्यीय सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन्। स्रोतका अनुसार अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ। यसअघि पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको थियो। एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने करिब ३०० कर्मचारी रहनेछन्।

तपाईको प्रतिक्रिया