लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फण्डले करसहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले आवश्यक प्रक्रिया पूरा गरी लाभांशका लागि योग्य इकाईधनीलाई नगद लाभांश वितरण गर्ने जनाएको छ।
करसहितको लाभांश भएकाले इकाईधनीले प्राप्त गर्ने रकमबाट प्रचलित कानुनबमोजिम आवश्यक कर कट्टी गरिनेछ।

Online Arthik










