नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ ‘ईसीएल’ (ECL) कारोबार संकेतमार्फत सूचीकृत भएको छ।

कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो। यसमध्ये ७ लाख ९० हजार कित्ता सर्वसाधारणलाई जारी गरिएको सेयर रहेको छ भने २२ लाख १० हजार कित्ता संस्थापक समूहको सेयर रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। यही मूल्य सीमाभित्र पहिलो कारोबार हुने व्यवस्था अनुसार कम्पनीको सेयर शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

तपाईको प्रतिक्रिया