सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो। यसको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको छ।
गत असार मसान्तसम्म योजनाको खुद सम्पत्तिको मूल्य प्रतिइकाई १० रुपैयाँ ५४ पैसा रहेको छ। प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन योजना व्यवस्थापकको दर्ता किताब बन्द हुने भएको छ। त्यसअघि कायम रहेका इकाईधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

Online Arthik










