स्थानीय बजारमा सुनको मूल्य आज पनि उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेको हो।
यसअघि अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको थियो। लगातार दोस्रो दिन सुनको मूल्य बढेसँगै प्रतितोला मूल्य नयाँ उचाइतर्फ पुगेको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन २ लाख ७३ हजार ९ सय २० रुपैयाँ रहेको १० ग्राम सुनको मूल्य आज २ हजार ७ सय ४५ रुपैयाँले बढेको हो।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको हो।

Online Arthik










