बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सरकारले निजी हेलिकप्टर परिचालनमा सहज व्यवस्था गरेको छ। उद्धार तथा राहत कार्यका लागि खटिने निजी हेलिकप्टरले छुट्टै अनुमति लिन नपर्ने निर्णय गरिएको हो।

प्रभावित क्षेत्रमा तत्काल हवाई उद्धार आवश्यक पर्ने अवस्थालाई ध्यानमा राख्दै अनुमति प्रक्रियालाई सरल बनाइएको जनाइएको छ। यसले विपद्मा परेका नागरिकको उद्धार तथा राहत सामग्री ढुवानीमा निजी हेलिकप्टरको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उद्धारमा खटिने हेलिकप्टरका लागि इन्धनको व्यवस्था गर्न नुवाकोटको त्रिशूलीमा हवाई इन्धन बोकेको ट्यांकरसमेत परिचालन गरिएको छ। नेपाल आयल निगमले काठमाडौँ हुँदै हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठाएको हो।

इन्धनको सहज उपलब्धताले बाढीपहिरो प्रभावित क्षेत्रमा सञ्चालन हुने खोज, उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।

तपाईको प्रतिक्रिया