सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याक्वेटमा बिहान ११ बजे हुनेछ।
साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्नेछ। त्यसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik










