सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले २७ लाख ६० हजार २८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालि र सुष्मा राणाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले ९ लाख ६० हजार २८ कित्ता र सुष्मा राणाले १८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेका छन्।
नेपाल धितोपत्र बोर्डको निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ अनुसार लकइन अवधि समाप्त भएपछि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेकोसेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेपछि कम्पनीले उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया