नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया