नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। नियुक्तिपत्र प्राप्त गरेपछि उनले नेप्सेको नेतृत्व सम्हालेका हुन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदीले आफ्नो व्यावसायिक जीवनको लामो समय कृषि विकास बैंकमा बिताएका छन्। उनी यसअघि बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक (डीजीएम) तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) का रूपमा कार्यरत थिए।

Online Arthik










