नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Online Arthik










