सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीले हाल कायम ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँ चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार कम्पनीले २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर तथा १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्नेछ।
यसरी कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ।

Online Arthik










