स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसअनुसार ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर तथा ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । साधारणसभाका लागि सेयरधनी दर्ता किताब बन्द हुने मितिसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया