नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ। यो वार्षिक विनियोजित बजेटको ३३.७३ प्रतिशत हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। उक्त ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया