नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया