मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको २९६औँ बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाको असार मसान्तसम्म कायम २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ८५ पैसा चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्न लागिएको हो। प्रस्तावित बोनस सेयरको कुल मूल्य २ करोड ४३ लाख ५ हजार १४४ रुपैयाँ ८ पैसा र नगद लाभांश १२ लाख ७९ हजार २१८ रुपैयाँ ११ पैसा रहेको छ। संस्थाका अनुसार नगद लाभांश बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत प्रस्ताव गरिएको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया