शिखर इन्स्योरेन्स कम्पनीले साधारण बीमा विधातर्फ सन् २०२५ को ‘साफा सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। कम्पनीले लगातार दोस्रो वर्ष उक्त सम्मान हासिल गरेको हो। वार्षिक प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा कम्पनीलाई सम्मान प्रदान गरिएको हो। यस वर्ष उक्त सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक मात्र साधारण बीमा कम्पनी बनेको छ। लगातार दुई वर्ष सम्मानित हुनुले कम्पनीको संस्थागत पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धता झल्काएको छ। विगत २२ वर्षदेखि ग्राहकको विश्वास कायम राख्दै आएको कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट सेवा र व्यावसायिक अभ्यासलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया